२८ घण्टादेखि कर्णाली राजमार्ग अवरुद्ध
काठमाडौं, असार १० – कर्णाली राजमागको बिच बाटोमा गाडी विग्रिएपछि कर्णाली राजमार्गमा २८ घण्टादेखि गाडी चल्न सकेका छैनन् ।
बिहिबार बिहान नेपालगन्जबाट सामान लिएर जुम्लाका लागि छुटेको भे १ ख १६६८ नम्बरको ट्रिपर कर्णाली राजमार्ग अन्तर्गत काले खोलामा बिग्रिएपछि गाडी नचल्दा यात्रु अलपत्र परेका छन् । ट्रिपर बनाउन नेपालगन्जबाट उपकरण लानुपर्ने भएकाले ढिलाई भएको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान ६ बजेदेखि सडक अवरुद्ध हुँदा कर्णाली राजमार्ग हुँदै चल्ने गाडी अलपत्र परेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...