राठौरले यसअघि जून ५ मा पत्रकार सम्मेलन गर्दै सगरमाथा पुग्ने सपना साकार भएको बताएका थए । पुणेका एक आरोही सुरेन्द्र सिल्के उनीहरुले सगरमाथा चढेको मान्न तयार छैनन् । सुरेन्द्र पनि यस सिजनमा सगरमाथा आरोहण गर्नका लागि आएको भारतीय टोलीका एक सदस्य हुन् । यो जोडीले आधार शिविरमा खिचेको तस्विरमा छुट्टै कपडा तथा चुचुरोमा खिचेको तस्विरमा छुट्टै कपडा लगाएका छन् ।
हेर्नुहोस् चढ्नुअघि र पछिका दुई तस्विर
यता, काठमाडौँस्थित मकालू एडभेन्चरले बिबिसीसँगको कुराकानीमा यस दम्पत्तीले सगरमाथा चढेको बताएको छ ।
उनीहरुको सगरमाथा आरोहणको व्यवस्थापन मकालू एडभेन्चरले गरेको थियो । यस कम्पनीका मोहन लम्सालले भनेका छन् –‘ उनीहरुलाई हाम्रो कम्पनीमा वर्षौदेखी काम गरिरहेका शेर्पाहरुले चुचुरोसम्म लगेका हुन् । उनीहरु मे २३ मै सगरमाथा आरोहण गर्न सफल भए ।’ लम्सालका अनुसार तार्केश्वरी राठौरलाई फर्कने क्रममा निमोनिया भएको थियो । एक सातासम्म उपचार गराएपछि मात्रै उनले भारत फर्किएर आरोहण सफल भएको घोषणा गरेकी हुन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...