-->
खुशिकाे खबर : द्वन्द्वगस्त देशबाट फर्कन चाहने नेपालीहरूलार्इ सरकारले ल्याउने

काठमाण्डाै /अफगानिस्तान, इराक, सिरिया र लिबियाजस्ता द्वन्द्वग्रस्त देशमा पुगेका नेपाली कामदार फर्कन चाहेमा सरकारले नि:शुल्क नेपाल ल्याउने भएको छ। ती देशबाट फर्कन चाहनेको विवरण तयार गरेर फर्काउने व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

6
यसैबीच काबुलमा मारिएका १३ नेपालीका आफन्तलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णयसमेत भएको वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले जानकारी दिए। घाइते सबैको नि:शुल्क उपचार गर्ने निर्णय पनि भएको सापकोटाले बताए। आजको नयाँ पत्रिकामा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.