-->
छोराले प्रेम विवाह गरेपछि पूर्व गाविस अध्यक्षले जुत्ताको माला लगाइदिए

वीरगञ्ज, १० असार । छोराले अन्तर्जातीय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् ।

वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीय शिवपुजन शाह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

शिवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रवीना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए ।
असार १ गते घरबाट भागेर दुबैले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमा पञ्चायत (सर्वपक्षीय छलफल) भएको थियो।
dainiknepal



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.