-->
१० वर्षका नेपाली बालकलाई पुरै कुरान कण्ठस्थ, दुबईमा सबैलाई पारे चकित

युएई, असार ९ – एक १० वर्षका नेपाली बालकले मुस्लिम धर्मको धार्मिक ग्रन्थ कुरान खरर सुनाएर सबैलाई चकित पारेका छन् । 
दुबईमा भएको अन्तर्राष्ट्रिय होली कुरान प्रतियोगितामा सहभागी १० वर्षका बालकले पुरै कुरान सुनाएका हुन् । नेपालको प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागी रौतहट–२ का शेख वाजिर अख्तर कुरान कण्ठस्थ गरेर सुनाउन सफल भएका हुन् ।  

आफू ८ वर्षको हुँदा कुरान पढ्न सुरु गरेका अख्तरले  दुई वर्षमा पुरै ग्रन्थ नै कण्ठस्थ गर्न सकेका हुन् । आफू कुरान पढ्नका लागि अब्न उल ईस्लाम कुरान केन्द्रमा जाने गरेको र आफ्ना बुवा र काकाले समेत आफूलाई कुरान पढ्न बिशेष सहयोग गरेको उनले बताए । 

मुस्लिम धर्मावलम्बीको मुख्य धार्मिक ग्रन्थ पूर्ण सिद्ध मन्त्रोच्चारण गर्नु सामान्य कुरा होइन, तर १० वर्षे बालकले आफ्नो अभूतपूर्व क्षमता देखाएको नेपलीज मुस्लिम सोसाइटी युएईका प्रवक्ता मोहम्मद नोमन सीद्दिक्कीले बताउनु भयो ।

मुस्लिम समुदायको पवित्र पर्व रमादानको अवसरमा प्रत्येक वर्ष आयोजना हुने प्रतियोगिताको २० औँ सस्करणमा अख्तर छनौट भएका हुन् । उनी कुरान अध्ययन केन्द्रमा अध्ययनका लागि समेत छनौट भएका छन् । सहभागी मध्ये अख्तर सबैभन्दा कान्छा प्रतियोगी हुन् । मुस्लिम समुदायमा कुरान कण्ठस्थ गर्ने ब्यक्तिलाई हाफिज भन्ने गरिन्छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.