काठमाडौं । उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरेर २५ दिनका लागि खोलिएको कोरला नाका चीनले सुरक्षाका कारण देखाउँदै १० दिन अघि नै बन्द गरेको छ । अन्तरदेशीय व्यापार मेलामा नेपाली पक्षलाइ सहज प्रवेशका लागि असार १ गतेदेखि खोलिएको नाका पूर्वानिर्धारित समयअघि नै बन्द भएपछि मेला प्रभावित भएको छ । दुई देशको सहमतिअनुसार हेरक वर्ष दुईपटक नेपाल र तीब्बतको सीमा क्षेत्रमा मेला आयोजना हुँदै आएको छ । स्रोतका अनुसार 'चीनले सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली पक्षलाई पूर्व जानकारी नगराई अचानक कोरला नाकाबाट प्रवेश रोक लगाएको हा ।' २५ दिनका लागि नाका खोल्ने सहमति भएको थियो एक उच्च सरकारी अधिकारीले भने 'चिनियाँले हामीलाई जनाकारी नै नदिई १० दिन अघि नै एक्कासी बन्द गरे ।' तोकिएको समय भन्दा पहिल्यै नाका बन्द गरे पनि ठूलो असर नपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए । उनले 'सामान किन्न नेपाली व्यापारी नगएपछि चीनले बन्द गरेको हुन सक्ने बताए ।' नागरिक दैनिकमा समाचार छ ।
सुरक्षाको कारण देखाउँदै चीनले बन्द गर्यो कोरला नाका
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...