काठमाडौँ, १० असार, हास्य टेलिसिरियल मेरीबास्सैमा धुर्मुस र सुन्तलीका रुपमा देखिएका हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे नयाँ सिरियलमा देखिने भएका छन् । नयाँ सिरियलमा नयाँ गेटअपमा उनीहरु देखिन लागेका हुन् । युवा र युवतीको भूमिकामा धुर्मुस र सुन्तलीको रुपमा रहेका उनीहरु अब भने अलि बुढ्यौली पाराका देखिने छन् । उनीहरुको नाम भगिरथे र गौथली रहने छ । 'हरियो बिल्ला' नामक सो सिरियलमा उनीहरु यसरी नयाँ रुपमा देखिन लागेका हुन् । यस अघि पनि सिताराम धुर्मुस, मुस्कान पासा, खड्काजी, खडानन्द गुरु लगायतका फरक-फरक भूमिकामा देखिइसकेका छन् भने कुञ्जना पनि सुन्तली, फतौरी बुढी, झुम्री लगायतका भूमिका देखिइसकेकी छिन् । यो पटक उनीहरुलाई अलि फरक ढङ्गले देखाउन चाहेको कार्यकारी निर्माता सरोज ओलीले बताए । सिताराम कट्टेल र कुञ्जना घिमिरेले नै निर्देशन गर्ने टेलिसिरियल 'हरियो बिल्ला' को लेखन दिपक आचार्यले गरेका हुन् ।
अब धुर्मुस–सुन्तली हैन 'भगिरथे–गौथली', स्वरूप हुनेछ यस्तो !
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...