काठमाडौं, ९ असार । विश्व योग दिवसमा प्रमुख अतिथि बनेर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको यो तस्वीर निकै चर्चामा रह्यो । खासगरि, योग गुरुले भन्दा पनि नमानेको भन्दै उनलाई कसैले अटेरीको संज्ञा दिए त कसैले अनेक उपनाम दिएर फेसबुकमा चर्चा गरे । अधिकांशले भनेझैँ प्रधानमन्त्री ओलीले नटेरेकै हुन् त ? अरु सबै योग गरिरहँदा प्रधानमन्त्री ओली किन त्यसै उभिएर बसेका छन् ? फोटो हेरेर विभिन्न चर्चा परिचर्चा गरिएपनि यसको भित्रीकारण भने अर्कै छ ।
कारण– ६६ बर्ष उमेरका कटेका प्रधानमन्त्री ओली अझै पनि विभिन्न रोगसँग जुधिरहेका छन् । उनको स्वास्थ्यमा अहिले केही समस्या नभएपनि पुराना रोगहरुका कारण खापपान र व्यायाममा विशेष सावधानी अपनाउँदै आएका छन् ।
प्रसंग गत मंगलबारको हो । काठमाडौँको दरबारमा आयोजित योश शिविरमा योगा गुरुले शारिरीक अशक्त नभएकालाई योगा नगर्न सुझाएका थिए । त्यही अनुसार, प्रधानमन्त्री केपी ओलीले केही योगा गरे । तर, केही योगा गरेनन् । साथमा उनकी पत्नी राधिका शाक्य पनि थिइन् । जो बायाँतर्फ बसेर योगा गरिरहेको देखिन्छिन् । अरुले योगा गरिरहँदा प्रधानमन्त्री भने शान्तपूर्वक बसिरहेका थिए । उनको दायाँ र बायाँ उपप्रधानमन्त्री कमल थापा र भारतीय राजदूत रञ्जित रेले योगा गरिरहेका देखिन्छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, ओलीले पनि केही योगा गरेका थिए, तर सबै योगा गरेनन् । उनले योगा गरेका बेलाको तस्वीर सार्वजनिक भएन् ।
दुई बर्षअघि बिभिन्न रोगबाट थलिएका ओली अहिले केही फुर्तिलो देखिन्छन् । प्रधानमन्त्री बनेपछि दिनरात नभनी काममा खटिएका छन् । उनी शारिरीक रुपमा अझै पनि सबल छैनन् । प्रधानमन्त्रीका स्वकीय सचिव एवं नातेदार राजेश बज्राचार्यका अनुसार, योगाप्रति सम्मान गर्दै आयोजकलाई हौसला थप्न योगशिविरमा पुगेका हुन् । त्यसलाई ठट्टा वा मजाकको पात्र बनाइदिन नहुने उनको भनाइ छ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...