-->
हेलमेट नलगाई मोटरसाइकल चलाउँदा कम्बोडियाका प्रधानमन्त्रीलाई जरिवाना

असार ९ – ट्राफिक नियम उल्लंघन गरेपछि कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई जरिवाना तिराइएको छ । मोटरसाइकलमा बस्दा हेलमेट नलगाएको भन्दै प्रहरीले 
उहाँलाई १५ हजार कम्बोडियन रियल अर्थात नेपालको झण्डै ४ सय रुपैयाँ जरिवाना तिराएको हो । को कोङ भन्ने ठाउँमा गएका बेला प्रधानमन्त्री सेनले रमाइलोका लागि मोटरसाइकल चलाएका थिए 
र केहीबेर पछाडी बसेर बजार घुमेका थिए । प्रधानमन्त्री सेनले चलाएको मोटरसाइकलमा नम्बर प्लेट पनि थिएन । आफ्नो गल्तीका लागि उहाँले सार्वजनिक रुपमै माफी समेत माग्नुभएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । (ujyaalo 90)



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.