काठमाडौं । अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीबानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीको निष्कर्ष छ।
घटना अघि नै तालिबानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्नो माथिल्लो निकायलाई ब्रिफिङ गरेका छन् ।
काबुलमा १३ नेपालीको ज्यान जाने गरी सोमबार भएको बम बिष्फोटमा तालिबानी समूहले मागेको ‘एक्ट्रोसन मनि’ (धम्क्याएर पैसाँ उठाउने) नदिँदा भएका आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको हो।
घटनामा मारिएका नेपाली काबुलको ‘साबरी’ सुरक्षा कम्पनी अन्तर्गत क्यानेडाली दूतावास सुरक्षामा कार्यरत थिए।
काबुल मिसनमा संलग्न सुरक्षा अधिकारीले अफगान प्रहरी, फर्किएका व्यक्ति र अन्य स्रोतसँगको कुराकानीका आधारमा ‘घटना तालिबानी धम्कीलाई सामान्य रुपमा लिँदा र सुरक्षाप्रति सचेत नहुँदा भएको हुन सक्ने’ बेहोराको प्रारम्भिक रिपोर्टिङ माथिल्लो निकायमा गरेका हुन्।



0 comments
प्रतिक्रिया दिनुहोस्...