कांग्रेसको अवरोध खोल्न संसदमा प्रधानमन्त्रीको सम्बोधन
असार १०, २०७३- भूकम्पपीडितलाई राहत र पुनर्स्थापनामा ध्यान नदिएको भन्दै कांग्रेसले संसद अवरोध गरेपछि प्रधानमन्त्रीले जवाफ दिने भएका छन् ।
संसदको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राहत र पुनर्स्थापनामा भएका प्रयासबारे जानकारी गराउने बालुवाटार स्रोतले जनाएको छ । कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गर्दै बिहीबार संसद अवरोध गरेको थियो ।
कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बिहीबारको बैठक स्थगित भएको थियो ।
कांग्रेसले पुनर्निर्माणमा सरकारले राजनीतिकरण गरेकोसमेत आरोप लगाएको छ ।
प्रधानमन्त्रीले संसदमा जवाफ दिनुअघि बिहीबार नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बसेको थियो ।(Kantipur)


0 comments
प्रतिक्रिया दिनुहोस्...