लसएञ्जलस । पपस्टार माइकल ज्याक्सन यो दुनियाँमा छैनन् । तर, अझै पनि अनेक विवादले उनलाई पछ्याउन छाडेका छैनन् । कतिसम्म भने अहिले पनि अनेक विवादमा उनको नाम मुछिएको छ ।
प्रहरीले पनि आफ्नो अनुसन्धानबाट फेला परेका तथ्यहरू खुलाउँदै गएको छ । सन् २००३ मा प्रहरीले उनको घर नेवरल्यान्ड रन्चमा छापामारेको थियो । त्यहाँबाट उनले प्रयोग गरेका सामान मात्र होइन, लुकाएर राखिएका अनेक सामग्री पनि प्रहरीले फेला पारेको थियो ।
त्यतिवेलादेखि नै प्रहरीले यी सामानमाथि अध्ययन सुरु गरेको थियो । त्यसरी छापा मार्दा माइकल ज्याक्सनको कोठाबाट प्रहरीले ‘पोनोग्राफिक’ सामग्री पनि लगेको थियो ।
केही दिनअघि मात्र प्रहरीले त्यससँग सम्बन्धित एउटा सूची सार्वजनिक गरेको छ । यो सूची सार्वजनिक भएसँगै ज्याक्सनको नाम फेरि चर्चामा छ । यो सूचीमा ज्याक्सनको कोठामा भेटिएका अनेकौँ किताब र भिडियोहरू छन् । यी किताब र भिडियोबारे यसअघि नै अदालतमा एक युवाले बताएका थिए । ती युवाले ज्याक्सनविरुद्ध उजुरी दिँदै आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए ।
डेलिमेलडटकोडटयुकेमा छापिएको रिपोर्टअनुसार प्रहरीले ज्याक्सनको कोठा र बाथरुमबाट कम्तीमा पनि सातवटा पोर्न भिडियो पाएको दाबी गरेको छ ।
त्यसमा अधिकांश युवाहरूको न्युड फोटो र भिडियो रहेको रिपोर्टले जनाएको छ । यीमध्ये एउटा रिपोर्टचाहिँ यसअघि पनि अदालतमा पेस गरिएको थियो । अदालतमा पेस भएको रिपोर्टमा देखिएका युवाचाहिँ १९औँ शताब्दीका भएको अनुसन्धानबाट खुलेको छ ।
ज्याक्सनलाई गैविन अरविजो नामका १३ वर्षे क्यान्सरपीडित बालकले यौन शोषण तथा दुव्र्यवहार गरेको आरोप लगाएका थिए । गैविनले प्रहरीमा उजुरी दिएपछि ज्याक्सनको कोठामा प्रहरीले छापा मारेको थियो ।
तर, १३ जुन २००५ मा अदालतले माइकल ज्याक्सनविरुद्ध नाबालिग तथा बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप खारेज गरिदिएको थियो । २५ जुन २००९ मा लस एन्जल्सस्थित आफ्नै घरमा हृदयाघातका कारण माइकलको मृत्यु भएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...