काठमाडौँ, २३ असार, नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार हुँदै गएको छ । कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन अस्पतालमा आयोजित पत्रकारसम्मेलनमा डा लव जोशीले महामन्त्री कोइरालाले अहिले आँखा खोल्ने र ‘चिन्नुभयो रु भन्दा टाउको हल्लाउने’ अवस्थामा पुग्नुभएको बताए । आवश्यक थोरै औषधिका साथ भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै डा जोशीले भने, “यही अवस्था रहिरहे एक दुई दिनमा पुनः स्वस्थ अवस्थामा फर्कनुहुन्छ ।” डा जोशीले यही अवस्थामा स्वास्थ्य सुधार हुँदै गए आज साँझसम्ममा भेन्टिलेटरबाट बाहिर निकाल्न सकिने जानकारी दिए । “तर हामी हतार गर्दैनौँ”, उनले भने ajako khabar
काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा
संलग्न चिकित्सकहरुले बताए
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...