-->
हामी गरिवलाई के थाहा र ! मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन

जाजरकोट, असार २० – ‘हामी गरिवलाई के थाहा र ! कमाई गर्न गएको छोरो कहाँ काम गथ्र्यो ? कस्तो कम्पनीमा काम गथ्र्यो ?’ मलेसियामा छोरा रामबहादुरको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने, ‘छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र ?’

वैदेशिक रोजगारीमा मलेसिया गएका रामबहादुरको मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको नौ दिन भइसक्दा पनि लास ल्याउन नसकेपछि शोकमा डुबेको परिवारमा समस्या बढेको छ । रामबहादुरका बाबु कले तिरुवाले लास कसरी झिकाउने र कहाँ सम्पर्क राख्ने केही थाह नभएकोले आवश्यक पहल गरिदिन सरकारसँग माग गर्नुभएको छ ।

जाजरकोट गर्खाकोट–६ का राम बहादुर तिरुवा २०७१ माघमा वैदेशिक रोजगारीको लागी लक्की ओभरसिज काठमाडौं म्यानपावर कम्पनीले मलेसियाको पिजी क्लीनिङ सर्भिस कम्पनीमा पठाएको थियो । 

कम्पनीमा म्यानपावर कम्पनीले भनेजस्तो काम र तलब नपाएपछि त्यहाँबाट भागेर उनी अर्को कम्पनी असरस सेक्युरिटी सर्भिसमा गैरकानुनी हिसाबले काम गर्न थाले । घर खर्च चलाउनलाई श्रीमतीको नाममा पैसा पठाएर गएर फर्किँदा मोटरसाइकल दुर्घटना परि घाइते भएका रामबहादुरको अस्पतालमा उपचार हुँदै गर्दा असार ११ गते ज्यान गएको हो ।

कम्पनीबाट भागेर काम गरेको र जवाफदेहिता कम्पनीको निश्चित नभएकोले लास नेपाल ल्याउन समस्या भएको छ । रामबहादुरको उपचार गर्ने क्रममा अस्पतालमा खर्च भएको नेपाली पचास हजार रुपैयाँ पनि कम्पनीले नतिरिदिएपछि अस्पतालले लास र पोष्टमार्टमको रिपोटसम्म नदिएको बाबु कले तिरुवाले बताउनु भयो । source : ujyaalo 90 network 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.