-->
गिरान्चौर नमूना बस्ती बसाउन कतारमा “सुन्तली–धुर्मुस साँझ”को धमाका

कतार (दोहा) । भूकम्पले ध्वस्त गिरान्चौरमा एकीकृत नमूना वस्ती बसाउन कतारमा “सुन्तली–धुर्मुस साँझ” धमाका सम्पन्न भएको छ । चर्चित हाँस्य कलाकार जोडी सीताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली”ले भूकम्पले ध्वस्त भएको गिरान्चौरमा थालेको “गिरान्चौर एकीकृत नमूना बस्ती”का लागि सहयोग जुटाउन सास क्रियसनले कतारको दोहामा उक्त साँझको आयोजना गरेको थियो ।
“सुन्तली–धुर्मुस साँझ”को नाम दिइएको उक्त कार्यक्रममा अहिलेकी चर्चित र लोकप्रिय लोकदोहोरी गायिका मुना थापामगर, नेपाली रजतपटकी नम्बर वन नायिका रेखा थापा, चर्चित लोकगायक राजु गुरुङले बेजोड प्रस्तुति दिएका थिए । त्यसैगरी राजा राजेन्द्र, टंक बुढाथोकी, निर्मल तामाङ र सुशील नेपालको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो । कार्यक्रममा गिरान्चौर एकीकृत नमूना वस्ती निर्माण कार्यमा होमिएकी चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरेको पनि सहभागिता रहेको थियो । कार्यक्रम भव्य र शानदाररुपमा सम्पन्न भएको र दर्शकको ठूलो सहभागिता रहेको कतारमै रहेकी लोकदोहोरी गायिका मुना थापामगरले जानकारी दिइन् ।
“गिरान्चौर एकीकृत नमूना वस्ती” निर्माणका लागि धुर्मुस–सुन्तलीले आव्हान गरेपछि उक्त पवित्र कामका लागि स्वदेश तथा विदेशबाट सहयोग उठ्ने क्रम जारी रहेको छ । सोही क्रममा सहयोग जुटाउने उद्देश्यले नै उक्त कार्यक्रमको आयोजना गरिएको थियो । इदको दोस्रो दिन छुट्टीको मौका पारेर सो कार्यक्रम आयोजना गरिएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.