विराटनगर, २४ असार – नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले पटक–पटक सरकार परिवर्तन भन्दा व्यवस्था परिवर्तन गर्न तिर लाग्नुपर्ने बताएका छन् ।
प्रदेश नं. एकमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन धनकुटा जानेक्रममा शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पटक पटकको सरकार परिवर्तनले मुलुकलाई अहिलेको अवस्थामा पुर्याएको बताए ।
स्थानीय निकायको निर्वाचनबारे सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउँदै संयोजक भट्टराईले निर्वाचन जहिले भए पनि हुने तर त्यसका लागि सरकारले केही पूर्वशर्त मान्नुपर्ने बताए । ‘निर्वाचन छिटो हुनुपर्छ, छिटोभन्दा छिटो जनताको म्यान्डेट लिनुपर्छ,’ उनले भने, ‘तर सरकारले यसको लागि जनजाति लगायतका असन्तुष्टहरुको माग सम्बोधन गर्नुपर्छ, प्रदेशहरुको सीमांकन टुंग्याइनुपर्छ र स्थानीय निकायको पुनर्संरचना गर्नुपर्छ ।’ यी शर्तहरु पूरा गरेपछि निर्वाचन जहिले गरे पनि हुने उनको भनाइ थियो ।
संयोजक भट्टराईले तीनवटै निर्वाचन एकैपटक गर्दा राज्यको खर्च पनि कम हुने र समयको पनि बचत हुने धारणा राख्नुभयो । दुई दिनका लागि पार्टीको काममा पूर्व हिँडेका भट्टराई शुक्रबार दिउँसो भेडेटारमा प्रदेश नं. एकका जिल्ला संयोजकहरुसँग परामर्श बैठकमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।kathmandu today


0 comments
प्रतिक्रिया दिनुहोस्...