-->
विश्वका धनि क्लबकाे सूची सार्वजनिक, रियल म्याड्रिड पछि पर्याे

 काठमाडाैं, असार ३१ ।  अमेरिकी रग्वी टोली डल्लास काउव्वाइ विश्वको सबैभन्दा धनी क्लबको सूचीमा उक्लिएको छ ।

 

यस सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि विजेता रियल म्याड्रिड अघिल्लो वर्ष सबैभन्दा धनी क्लबको पहिलो नम्वरमा थियो ।

 

फोर्व्सले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काउब्वाइ ३ विलियन पाउण्ड ब्राण्ड मूल्यसहित शीर्ष स्थानमा उक्लिएको हो।

 

गत सिजनमा ११ औं पटक च्यामिपयन्स लिगको उपाधि जिते पनि रियलको मूल्य २.८ विलियन पाउण्डसहित दोस्रो स्थानमा छ ।

 

सूचीमा २.७ विलियन पाउण्डसहित बार्सिलोना एक स्थान माथि उक्लदै तेस्रो स्थानमा पुगेको छ ।

 

अघिल्लो वर्ष दोस्रो स्थानमै रहेको अमेरिकाको बेसबल टिम न्यूयोर्क याङकिज २.६ विलियन पाउण्ड ब्राण्ड मूल्यसहित चौथो स्थानमा परेको छ ।

 

यस्तै इंग्लिस प्रिमियर लिग महारथी म्यान्चेस्टर युनाईटेड २.५ विलियन पाउण्डसहित पाचौं, बायन म्युनिक १२औं, तथा आर्सलन २३औं स्थानमा रहेका छन् ।

 

फोर्व्सको तथ्याङ्कमा विश्वका धनी स्पोर्टस् टिमको शीर्ष १० भित्र ५ टोली अमेरिकी रग्वी लिग एनएफएलका टोलीहरू परेका छन् ।

 

यी हुन् सबैभन्दा धनी ५० क्लब 




    0 comments

    प्रतिक्रिया दिनुहोस्...

    Powered by Blogger.