-->
मुसलधारे पानी र आँधीको कारण चीनमा ४२ को मृत्यु, ७४ जना हराए

उत्तरी र मध्यचीनमा बुधबार बिहानदेखि अबिरलरुपमा परेको बर्षा र घनघोर बर्षासहित आँधीको कारण ४२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७४ जना हराएको समाचार छ। यस बर्षाको कारण हजारौँ व्यक्ति विस्थापित भएका छन्। 

चीनमा को हेबेइ प्रान्तमा अविरलरुपमा परेको पानीका कारण ३० जनाको ज्यानको साथै अन्य ६८ जना हराइरहेका प्रान्तीय नागरिक मामिलासम्बन्धी विभागले बिहीबार सो जानकारी दिएको छ। 

साथै सो विभागले बिहीबार पनि अपरान्हसम्म वर्षा कम नभएको र बुधबार बिहानदेखि बिहीबारसम्म नै वर्षा निरन्तररुपमा भइरहेको बताइएको छ। 

सो प्रान्त करिब एक लाख ६३ हजार नौ सय व्यक्तिलाई सुरक्षित स्थानमा सारेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उक्त प्रान्तका विभिन्न नगरका गरी करिब १० लाख नागरिक प्रभावित भएका छन्।

उक्त हेबेइ प्रान्तका ११ वटा नगरमा पानीको मात्रा घटेको छैन। निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन्। 

त्यसैगरी छिमेकमा पर्ने प्रान्त हेनानमा अबिरल बर्षा र आँधीको कारण १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना हराइरहेको प्रान्तीय बाढी नियन्त्रण प्रमुख कार्यालयले जनाइएको छ। यस मुसलधारे बर्षासहितको आँधी र बाढीको कारण सो क्षेत्रबाट एक लाख पाँच हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। 

घनघोर बर्षापछि आएको बाढीले हजाराँै घर ध्वस्त बनाएको छ। बाढीका कारण बालीनाली, स्थानीय पूर्वाधारका साथै ठूलो जनधनको क्षति पुगेको  छ।   दुवै प्रान्तमा उद्वारको प्रयास जारी रहेको पनि बताइएको छ। ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मी खटाइएको छ।  चीनको मध्य र उत्तरी बन्दरगाह सहरमा बुधबार व्यापक मात्रामा वर्षा भएको थियो। अविरल वर्षा भएपछि सतर्कताको लागि चेतावनी दिइएको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.