२३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा उनले उत्कृष्ट मात्रै खेलेनन् नेपाललाई जिताउन महत्वपूर्ण गोल गरेका थिए । त्यसैले नवयुगको उदयलाई कतिपयले नेपालको फुटवलकै नवयुग सुरु भएको बताएका थिए ।
बंगबन्धु गोल्डकपको फाइनमा बहराइनलाई नेपालले ३–० ले हराउँदा उनले १ गोल गरेका थिए । उनले बंगबन्धुमा ४ गोल गर्दै सर्वाधिक गोल र मोस्ट भ्यालुएबल खेलाडीबाट सम्मानित भएका थिए । त्यति मात्र हैन उनले बंगबन्धुमै माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गर्दै राष्ट्रिय टिमबाट ह्याट्रिय गर्ने पाँचौ खेलाडी समेत भएका थिए ।
त्यस्तै १२ औं सागमा नेपालले स्वर्णपदक जित्दा नवयुगले सर्बाधिक ७ गोल गरेका थिए । सागका दुई खेलमा उनले ह्याट्रिक गरेका थिए भने भारतसँगको फाइनलमा १ गोल गरेका थिए । त्यस्तै दक्षिण एसियाली खेलकुदमा ह्याट्रिक गर्ने उनी दोस्रो नेपाली समेत हुन् । नवयुगले राष्ट्रिय लिगमा पनि १४ गोल गर्दै वर्षभरि चर्चा कमाए । राष्ट्रिय लिगमा उनले दुई ह्याट्रिक समेत गरेका थिए ।
६ फिट अग्ला नवयुग नेपाल आर्मीका स्ट्राइकर हुन् । उनी आफूलाई पहिला खेलाडी भन्दा पनि आर्मी भनेर चिनाउन मन पराउँछन् । इलाममा २०४६ सालमा जन्मेका नवयुगलाई नेपालको गोल मेशिन भनेर पनि चिन्ने गरिन्छ ।
नवयुग श्रेष्ठले यो अवार्डमा आफ्नै टिमका साथी विकेश कुथु, भारत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोका वीरबहादुर महरालाई पछि पारे ।
काठमाडौंको प्रज्ञा भवनमा बिहिबार भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्चले उनलाई पल्सर मोटरसाइकल र प्रमाणपत्रसहित सम्मान गरेको हो । त्यस्तै उनले डिस होमको सेटअप बक्स र एक वर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...