विराज महर्जन भए उत्कृष्ट खेलाडी
काठमाडौं, असार १७ – फुटबलर विराज महर्जन दशरथ चन्द मेधावी सर्वोच्च खेलाडीबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषद र दशरथ चन्द मेमोरियल ट्रष्टले २०७२ को सर्वाेत्कृृष्ट खेलाडीबाट विराजलाई सम्मान गरेको हो ।
विराजलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । गएको वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) तथा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटबलमा नेपालले स्वर्ण जित्दा विराज टोलीका कप्तान थिए ।
पाँच विकास क्षेत्रलाई नै प्रतिनिधित्व हुनेगरि पुरस्कार वितरण गरेको ट्रष्टले पूर्वाञ्चलबाट जुडोकी फुपु ल्हामु खत्री, पश्चिमाञ्चलबाट तेक्वान्दोकी निमा गुरुङ, मध्यपश्चिमाञ्चलबाट उसुकी निमा घर्ती मगर तथा सुदूरपश्चिमाञ्चलबाट उसुकै राजेश चौधरीलाई १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...