घर भत्किँदा नुवाकोटमा हजुरबुबा र नातिनीको मृत्यु ।
नुवाकोट जिल्लाको सिक्रे गाविसमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पानीले गलेको घर भत्किएर सिक्रे गाविस–८ का हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।
सिक्रे गाविस– ८ का ६५ वर्षीय चित्रबहादुर श्रेष्ठ र उहाँको १३ वर्षीया नातिनी पुष्पा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएरी दिएका छन् ।
अविरल बर्खाले घरको जग रहेको माटो भासिएको र दुई जना चेपिएको बताइएको छ । साथै घरमा रहेका तीन वटा बाख्रा र एउटा कुकुर पनि घरभित्र परेर मरेको प्रहरीले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...