-->
उदयपुुरमा वन कर्मचारीको मिलेमतोमा ४० बिगाहा वन फडानी

उदयपुर, ३० असार / उदयपुरको रिस्कु गाविस–८ मर्जेतपुरका सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले ब्यापक रुपमा हरियो रुख अबैध रुपमा कटान गर्दा समेत वन कार्यालय मौन रहेको छ । समुहका अध्यक्ष सुर्य तामाङ, पूर्व अध्यक्ष पदमबहादुर तामाङले कटारी नगरपालिका– ९ स्थित नैने खाँडीपाखो भन्ने ठाँउमा मरुवा हरित सामुदायिक वन उपभोक्ता समुहका करिब ४ बिगाहा जंगल फडानी गरि बसोबास योग्य बनाउदा समेत वन कर्मचारी मुख दर्शक भएको आरोप लगाए ।


 
त्यसैगरी सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तामाङले आफनै समुहको रिस्कु गाविस– ८ स्थित रातेपानीको जंगलमा करिब १ सय भन्दा बढी अबैध काँचो हरीयो साल कटान गर्दा समेत वन कार्यालय मौन रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समुहका सहसचिव टेकबहादुर तामाङले जानकारी दिए ।समुहको लाखै रकम हिनामिना गर्दा समेत कारबाही नहुनु अबैध रुपमा वन फडानी तथा हरीयो रुख कटान गरेको जानकारी गराउदा समेत सेक्टर वन कार्यालय कटारीका वन कर्मचारीले उल्टै धम्की दिने गरेको गुनासो सहसचिव टेकबहादुरले गरे । वन फडानी सम्बन्धि सेक्टर वन कार्यालय कटारीमा निवेदन दिदा समेत कुनै सुनुवाई नगरेको उल्टै वन कर्मचारीले हामीलाई धक्कि दिने गरेको र निवेदन लिन नमाने पछि हुलाकबाट पठाउदा पनि कारबाही नभएको उनको भनाई रहेको थियो ।

यसरी लाखौ मुल्यको अबैध हरियो काठ कटान गर्दा समेत वन कार्यालयले वास्था नगर्नुले उनीहरुको मिलेमतो रहेको प्रष्ट हुन आउने स्थानीयबासी अर्जुन तामाङको भनाई रहेको छ । समुहको अध्यक्ष सुर्य तामाङ, सचिव कर्णबहादुर तामाङ र कोषाध्यक्ष राममाया तामाङले काठ बिक्रिबाट प्राप्त गरेको करिब २५ लाख रुपैया हिमामिना गरेको समितिका सहसचिव टेकबहादुर तामाङले जानकारी दिएको छ ।


उनले समुहको रकम हिनामिना र अबैध वन फडानी गरेको भन्दै कारबाहीका लागि जिल्ला वन कार्यालय उदयपुरमा निवेदन दिएको जानकारी दिए । तामाङका अनुसार अध्यक्ष सुर्य तामाङले समुहको खातामा रहेको रकम झिकि जेसिवी खरिद गरेको बताएका छन ।

वन कर्मचारीसंगको मिलेमतोमा वन विकासका लागि भनि १ लाख ७५ हजार रुपैया किते कागजपत्र मिलाएर खाएको आरोप लगाएका छन । सरस्वती सामुदायिक वन उपभोक्ता समुहमा वन कार्ययोजनाले स्विकृत गरेको भन्दा दोब्बर काठ वन कर्मचारीको मिलेमतोमा काट्ने गरेको जानकारी दिए ।

यसरी काटीएका काठको रकम स्थानीय स्तरमा रहेको वन कर्मचारीको मिलेमतोमा हिनामिना गर्ने गरेको स्थानीयबासी रत्नबहादुर तामाङले बताए । समुहको रकम वन कर्मचारीको मिलेमतोमा हिनामिना गरि उल्टै स्थानीय उपभोक्तालाई वन कर्मचारी ल्याई धक्याउने गरेको उनले बताए ।

समुहले गस्तीको क्रममा पक्राउ गरेको २०६ थान चिरान फाला समेत अध्यक्ष तामाङले बिक्रि गरेको जानकारी दिए । आपूर्ति समितिलाई दिएको ४५० सेफटी काठको रकम आएको छैन भन्दै अहिले सम्म हिसाब नबुझएर हिमामिना गरेको उनले बताए ।

कारबाहीका लागि जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय उदयपुरमा समेत निवेदन दर्ता गराएको उनीहरुको भनाई रहेको छ । निवेदनको सम्बन्धमा जिल्ला वन अधिकृत धनञ्जय पौडेलले निवेदन प्राप्त हुना साथ छानविन टोली गठन गरि सकेको जानकारी दिए ।

सेक्टर वन कार्यालय उदयपुरका प्रमुख नारायण श्रेष्ठको संयोजत्वमा तीन सदस्य छानविन समिति गठन गरि तत्काल छानविन थाल्न आदेश दिइ सकेको पौडेलको भनाई रहेको थियो ।

उनले संयोजकमा श्रेष्ठ सदस्यहरुमा सहायक वन अधिकृत प्रमेश्वर यादव र सहायक वन अधिकृत जिवछ गुप्ता रहेको जानकारी दिए । सेक्टर वन कार्यालय कटारीका प्रमुख नारायण श्रेष्ठले भने समुहको रकम हिनामिना भएको हो, तर अध्यक्षले जम्मा गर्ने क्रममा रहेको भएपनि वन फडानी र अबैध रुख कटानको बारेमा कुनै जानकारी नभएको बताए । समुहको अध्यक्ष सुर्य तामाङ भने केही कमिकजोरी भएको स्विकार गरेका थिए ।

समुहका अध्यक्षले सेक्टर वन कार्यालय कटारीको वन कर्मचारीसंग मिलेर उल्टै निवेदन दिनेहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय कटारीमा ल्याएको सहसचिव टेकबहादुरले जानकारी दिए । कारबाही गर्ने निकायले नै उल्टै समुहको अध्यक्षसंग मिलेर दुःख दिने काम भई रहेको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.