-->
भद्रगोलका जिग्रीले गरे राष्ट्र निर्माणको लागि यस्तो अपिल !

काठमाडौं–हो गल्ती हामी जनताको हो, भोट मागिरहे हामीले दिइरह्यौं । तर, हामीले नेतासँग कहिल्यै मागेनौं । नेताले हामीलाई सधैँ अह्राइरहे, हामी टेरिरह्यौं । तर, हामीले नेतालाई कहिल्यै अह्राएनौं ।

राणाशासन गलत हो भने हामीले मान्यौ आन्दोलन गर्यौं हटाइदियौं, पञ्चायत व्यवस्था गलत हो भने हामीले मान्यौं आन्दोलन गर्यौं हटाइदियौं, राजतन्त्र निरङकुश भयो भने हामीले मान्यौ आन्दोलन गर्यौं हटाइदियौं, अनि लोकतन्त्र गणतन्त्र ठिक हो भने हामीले मान्यौं ल्याइदियौं तर देशले र हामीले के पायौं ?

त्यसैले अब बेला आएको छ नेतासँग माग्ने अनि नेतालाई अह्राउने । अब एकचोटी यस्तै आन्दोलन गरौं जसले विनाश होइन विकास मागोस् । सबै दल नेता त्यागेर अब एकचोटी एक सच्चा नेपाली नागरिक भएर सडकमा जाउँ, अनि सुरु गरौं विकासको जनआन्दोलन । जसले राजनैतिक व्यवस्था होइन देशको आर्थिक अवस्थामा उथलपुथल ल्याइदिओस् ।

रोजगार मागौं, खानेपानी मागौं, उद्योगधन्दा मागौं, बिजुली मागौं, निर्माण मागौं, रंगशाला मागौं, मेडिकल कलेज मागौं, कृषि औजार मागौं, सुविधासम्पन्न सडक मागौं, विदेशको जस्तो विदेशी सिस्टम मागौं, राजधानीलगायत देशभरीबाट ।

अनि यी मागहरु ५–१० वर्षभित्र पूरा गर्नसक्छु भनेर जनतासामू लिखित प्रतिबद्वता जनाए यो नेतातन्त्र कायम राखौं नत्र जरैदेखि नेतातन्त्र मिल्काएर अर्को योजनासहितको राष्ट्र निर्माण गर्न सक्ने पुस्ताको खोजी गरी देश जिम्मा लगाऔं ।

त्यसैले पटक–पटक राजनैतिक परिवर्तन गर्न आन्दोलनमा होमिएका हामी जनताले एकपटक देशको आर्थिक परिवर्तन र स्वयम् आफ्नै व्यक्तिगत परिवर्तनको लागि विकासका माग राख्दै विकासको आन्दोलन सुरु गर्ने हो कि ?

बेला आएको छ दृढइच्छा र योजना भए यो सम्भव छ । राष्ट्र निर्माण गर्नु छ, आफैंबाट सुरु गरौं । जय देश ! जय नेपाल ! !



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.