एकीकृत बस्ती निर्माणका लागि धुर्मुस-सुन्तलीले ४ करोड ७५ लाख उठाए
काठमाडौँ, ३१ असार - सिन्धुपाल्चोककको गिरान्चौरमा एकिकृत बस्ती निर्माणमा जुटेका धुर्मुस–सुन्तलीले अव सहयोग उठाउने कार्य स्थागित गर्ने बताएका छन् । बिहीबार एक बिज्ञप्ति जारी गरी अव बचन प्राप्त सहयोग उठेमा अनुमानित लागत पुग्ने भन्दै सहयोग उठाउने कार्य स्थागित गर्ने जनाएका हुन्।
कुल अनुमानित बजेट पाँच करोड रहेकोमा ४ करोड ७५ लाख रुपौया सहयोग संकलन भएको उल्लेख गर्दै बााकी २५ लाख रुपैयाँ बचन दिएकाहरुले दिएपछि पुग्ने उल्लेख गरेका हुन्। धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो।
’अब गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मात्र २५ लाख रुपौया आवश्यक छ’ बिज्ञप्तिमा भनिएको छ, ’सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने कान्तिपुर दैनिकमा खबर छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...