फ्रान्समा ट्रकले किचेर ६० जनाको मृत्यु, ७० घाइते
असार ३१ – फ्रान्समा भीडभाडका बेला ठूलो ट्रक गुड्दा ६० जनाको ज्यान गएको छ । दुर्घटनामा ७० जना घाइते भएका अनुमान गरिएको छ । फ्रान्सको नीस शहरमा बास्टिल डे मनाइरहेका बेला यो घटना भएको हो ।
बास्टिल डे लाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ । दिवसको अवसरमा उत्सव मनाइरहेको भीडमा ट्रक गुुड्दा हताहती भएको स्थानीय अधिकारीहरुले बताएका छन् । ट्रकलाई रोक्न प्रहरीले गोली चलाएको र चालकको ज्यान गएको विविसीले जनाएको छ ।
घटनापछि फ्रान्सका राष्ट्रपति फ्रस्वाँ होल्याण्डले आपत्तकालिन बैठक बोलाउनु भएको छ । यो घटना नियोजित भएको हुन सक्ने आशंका गरिएको छ । गएको वर्ष राजधानी पेरिसमा विद्रोही संगठन आइएसले आक्रमण गर्दा फ्रान्समा आपत्तकालिन अवस्था लागू गरिएको छ । विद्रोही समूह आइएसले पेरिसमा गरेको आक्रमणमा १३० जनाको ज्यान गएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...