काठमाण्डु, २७ असार– सोमबार सरकार परिवर्तन गर्ने पार्टीको निर्णयपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस संसदीय दलको कार्यालय पुगेका सिंहदरबार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवाको कुरा सुनेपछि फसादमा परेका हुन् ।
भेटका क्रममा प्रचण्डले देउवासँग राष्ट्रिय सहमतीय सरकार गठनका लागि पहल गर्न हाग्रह गरे । तर, देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउने नै भए यसअघि केपी आलीले आफूलाई आग्रह गरेको बताए । एक कांग्रेस नेताले काठमाण्डु टुडेसँग भने, ‘यदि राष्ट्रिय सहमतिका लागि नै हो भने यसअघि ओलीले आग्रह गरिसकेको र आफ्नो लागि ओली र प्रचण्ड उस्तै रहेको कुरा देउवाजीले बताउनुभयो ।’
कांग्रेस नेता विमलेन्द्र निधि, माओवादी नेता कृष्णबहादुर महरासमेत सहभागी भेटमा कांग्रेसले माओवादीलाई सरकारको नेतृत्वको फिर्ता लिन र त्यसपछि माओवादीको नेतृत्वमा बहुमतीय सरकारको विषयमा छलफल गर्न सकिने बताएको स्रोतको भनाइ छ ।
अब प्रचण्डले राष्ट्रिय सहमतिको सरकारका लागि कांग्रेसको साथ नपाउने भएपछि उनीसँग बहुमतीय सरकारको एकमात्र बाटो छ । तर, सरकारको समर्थन फिर्ता लिएपछि त्यसका लागि कांग्रेसले सघाउने, नसघाउने विषयमा उनी चिन्तित छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...