पोर्चुगलले पायो ३ अर्ब पुरस्कार
काठमाडौं, असार २७ – युरोकपको उपाधि जितेको पोर्चुगलले उपाधि सँगसँगै मोटो रकम पनि हात पारेको छ । युरोकपको आयोजक युरोपेली फुटबल महासंघ युइएफएले ३० करोड १० लाख युरो

अर्थात ३५ अर्ब ३९ करोड ८६ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार रकम छुट्याएको छ । युइएफएले घोषणा गरे अुनसार पोर्चुगलले २ करोड ५५ लाख युरो अर्थात २ अर्ब ९९ करोड ८८ लाख ८० हजार रुपैयाँ पुरस्कार पाएको छ । चार वर्षअघिको युरो कप जित्ने स्पेनले २ करोड ३० लाख युरो हात पारेको थियो ।
युइएफएले तयारी खर्च ८० लाख पाउण्ड, उपाधि जितेकोमा ८० लाख पाउण्ड, सेमिफाइनल पुगेकोमा ४० लाख पाउण्ड, क्वाटर फाइनल पुगेकोमा २५ लाख पाउण्ड, प्रिक्वाटर फाइनल पुगेकोमा १५ लाख पाउण्ड,

समूह चरणको खेल जितेकोमा १० लाख पाउण्ड र बराबरी गरेकोमा ५ लाख पाउण्ड दिने घोषणा गरेको थियो । युइएफएले युरो कपमा सहभागी सबै टिमलाई ८० लाख पाउण्ड

अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ बराबरको तयारी खर्च दिएको थियो । त्यो रकम सहभागी सबै २४ टिमले पाइसकेका छन् । यो पुरस्कार रकम सम्बन्धित देशको फुटबल संघको खातामा जाने छ । सम्बन्धित देशको फुटबल संघले नै खेलाडीलाई तलब भत्ता तथा बोनस दिनेछ ।
युइएफएले घोषणा गरेको पुरस्कार रकम
- युरो कप विजेता: ८० लाख पाउण्ड अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ
- उपविजेता: ५० लाख पाउण्ड ५८ करोड ८० लाख १७ हजार
- सेमफाइनल पुग्ने चार टिम: फ्रान्स, जर्मनी, वेल्स र पोर्चुगल सबैले समान ४० लाख पाउण्ड अर्थात ४७ करोड ४१ लाख रुपैयाँ
- क्वाटर फाइनलमा पुग्ने सबै ८ टिम: २५ लाख पाउण्ड अर्थात २ करोड ९४ लाख
- प्रिक्वाटर फाइनलमा पुग्ने सबै १६ टिम: १७ करोड ६४ लाख
- समूह चरणका खेल जित्नेले १० लाख पाउण्ड अर्थात ११ करोड ७६ लाख
- समूह चरणका खेल बराबरी गर्नेले ५ लाख पउण्ड अथात ५ करोड ८८ लाख
- तयारी खर्च सबै २४ टिमलाई ८० लाख पाउण्ड अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ

0 comments
प्रतिक्रिया दिनुहोस्...