स्कटल्याण्ड । नेपाली क्रिकेटको पछिल्लो अवस्था बुझ्न अन्तर्राष्ट्रिय क्रिक्रेट काउन्सिलको टोली नेपाल आउने भएको छ । बोर्ड निर्देशक, वरिष्ठ ब्यवस्थापक लगायतका पदाधिकारी सहितको टोलीले नेपाल भ्रमण गर्नेछन् । भ्रमणका क्रममा सरकारका प्रतिनीधि तथा क्रिकेटसँग सम्बन्धित ब्यक्तित्वलाई भेट गर्ने जनाइएको छ । बैठकले नेपाल महत्वपूर्ण सदस्यराष्ट्र भएको बताउँदै नेपाली क्रिकेट टिम क्षमतावान र संभावनायुक्त रहेको पनि निष्कर्ष निकालेकाे छ । स्कटल्याण्डमा बसेको काउन्सिलको पूर्ण बैठकले नेपाल र अमेरिकाको क्रिकेट बोर्डलाई गरेको निलम्बनलाई पनि पारित गरेको छ । आइसिसीले जुन १०१५ र अप्रिल २०१६ अमेरिका क्रिकेट एसोसियसन र क्रिकेट एसोसियसन नेपाललाई निलम्बन गरेको थियो । आइसिसीको टोली नेपाल आउने मिति भने खुलाइएको छैन । आइसिसीको बैठकले साउदी अरेबियालाई ३९ औं एसोसिएट सदस्य बनाउने पनि निर्णय गरेको छ ।
नेपाललाई महत्वपूर्ण सदस्यराष्ट्र भन्दै आइसिसिले भन्यो ‘छिट्टै नेपाल भ्रमण गर्छौं’
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...