-->
मलेसियाको शिविरबाट १० नेपालीको उद्धार

काठमाण्डु, १७ असार– मलेसियाको कैद शिविर डिटेन्सन क्याम्प मा रहेका १० नेपालीको उद्धार गरी नेपालमा ल्याइएको छ ।

मलेसियास्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा अवैधानिक रुपमा काम गरेको आरोपमा जेल सजाय काटिसकेपछि पनि टिकट काट्ने रकम नभएर घर फर्किन नपाएका पाँच जना र विभिन्न शिविरमा रहेका पाँच जना गरी १० जनालाई बिहीबार नेपाल फर्काइएको उल्लेख गरिएको छ ।

मलेसिया भ्रमणमा रहनुभएका श्रम तथा रोजगारमन्त्री दीपक बोहराले विभिन्न शिविरमा गई अवलोकनको क्रममा अलपत्र अवस्थामा रहेको उनीहरुलाई भेटेपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर स्वदेश फर्काइएको हो ।

मन्त्री बोहराले शिविरका प्रमुखलाई त्यहाँ रहेका नेपालीलाई छिटो घर फिर्तिका लागि सहयोग गर्न समेत आग्रह गरेका थिए।

भ्रमणको क्रममा उनले मलेसियास्थित व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

सरकारी र गैरसरकारी सङ्घ सङ्स्थाको सहयोगमा निःशुल्क टिकटको व्यवस्था गरी हालसम्म ५९६ जना नेपालीलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.