काठमाडों । मुलुकको राहदानी वितरणको इतिहासमा आइतबारदेखि नयाँ सेवा सुरु भएको छ । एकजना सेवाग्राहीले आइतबार १० मिनेटमै राहदानी प्राप्त गरेका छन् । परराष्ट्रमन्त्रालय, राहदानी विभागले आइतबारदेखि शुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको शुरुवातसँगै दाङ धनौरीकी चन्दाकाली बुढाथोकीले छिट्टै रहदानी प्राप्त गरेकी छिन् । राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्ने एमआरपी शीघ्र उपलव्ध गराउने सरकारी नीतिअनुसार प्रत्यक्ष दर्ता एवं फारम भर्नेलगायत सम्पूर्ण काम विभागबाटै हुने पद्धतिको प्रारम्भ गर्दै उपप्रधानमन्त्री कमल थापाले बुढाथोकीलाई राहदानी प्रदान गरेका हुन् । प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत फारम भरिएको १० मिनेटमै उनको राहदानी बनेको हो । आवश्यक सम्पूर्ण कागजपत्र छ भने १५ हजार तिरेर एकै दिनमा राहदानी (पासपोर्ट) पाउन सक्ने व्यवस्था विभागले गरेको छ । १२ हजार तिरेमा आवेदन दिएको भोलिपल्टै पासपोर्ट पाइनेछ । १० हजार रुपैँया तिरेमा आवेदन दिएको २ दिनपछि पासपोर्ट पाउन सकिनेछ । अन्य साधारण प्रक्रियाबाट आउँदा भने पुरानै प्रक्रिया अनुसार पाउनेछ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
अब दश मिनेटमै पासपोर्ट,लाइन बस्नुपर्ने झन्झटको अन्त्य
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...