-->
फ्रान्सको प्रभावशाली जित, पुग्यो सेमिफाइनलमा, आइसल्याण्डको यात्रा टुंगियो

असार २० – फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा आइसल्याण्डलाई ५–२ ले हराएर फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको हो । 
अन्तिम १६ मा इंग्ल्याण्डलाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको नवप्रवेशी आइसल्याण्डको अप्रत्यासित नतिजाको त्रम फ्रान्सले भंग गरेको छ । 
फ्रान्सको जितमा ओलभर जिरउडले दुई तथा दिमिबी पेयट, पउल पोग्बा र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे । पेरिसमा भएको खेलमा फ्रान्सले पहिलो हाफमा नै ४–० को अग्रता लिएको थियो । 
जिरउडले १२ औं मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसको सात मिनेटपछि पोग्बाले फ्रान्सको अग्रता दोब्बर पारे । 
पहिलो हाफको अन्तिम समयमा पेयट र ग्रिजम्यानले गोल गर्दै टिमलाई बलियो अवस्थामा पुर्याए । पेयटले ४२ तथा ग्रिजम्यानले ४५ औं मिनेटमा एक एक गोल गरे । 
पहिलो हाफमा गोल रहित रहेको आइसल्याण्डले दोस्रो हाफमा दुई गोल गर्यो । ५६ औं मिनेटमा कोल्बिएन सिग्थोर्सनले आइसल्याण्डका लागि एक गोल फर्काए । 
त्यसको तीन मिनेटपछि फ्रान्सका जिरउडले फ्रिकिकमा हेड मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५–१ को अवस्थमा ल्याए । ८५ औं मिनेटमा आइसल्याण्डका लागि बिरकिर बियारनासनले गोल गरेपछि खेल ५–२ ले फ्रान्सको पक्षमा रह्यो । 
फ्रान्सले आइसल्याण्डसँग खेल्नु अघि यो प्रतियोगितामा दुई गोल मात्रै खाएको थियो । यो खेलमा गोल गरेका ग्रिजम्यानले यो युरोकपमा चार गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।
पेयट र जिरउडले तीन गोल गरेका छन् र उनीहरु अरु खेलाडीसँगै दोस्रो स्थानमा छन् । फ्रान्सले सजिलै हराएर पनि आइसल्याण्डले 
खेलमा गोल गर्ने राम्रा अवसर भने सृजना गरेको थियो । फ्रान्सले बिहीबार हुने सेमिफाइनलमा विश्व विजेता जर्मनीसँग खेल्नेछ । जर्मनी इटालीलाई हराएर यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.