-->
सभापतिले केन्द्रीय समितिमा छलफल नगरी निर्णय गर्नुभयो : नेतृ कोइराला

भक्तपुर – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी ओलीको सरकारलाई अविश्वासको प्रस्ताव राखिएता पनि संवैधानिक जटिलता रहेको बताएकी छिन् ।

रफत सञ्चार क्लबले आज गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई हटाउन सक्ने प्रावधान कस्तो छ भन्ने अध्ययन नगरी अगाडि बढ्दा समस्या देखिने भन्दै केपी शर्मा ओलीको सरकार कस्तो भूमिकामा प्रस्तुत हुन्छ त्यसमै नयाँ सरकार निर्माणमा भर पर्ने बताए ।
sujata koirala interview (8)
बर्तमान समयमा ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सबैलाई समेटर अगाडि बढ्नु पर्ने भन्दै उनले सहमतिको सरकार निर्माण नभए संबिधान कार्यान्वयनमा जटिलता देखा पर्नुका साथै सरकार परिवर्तनले नेपालको आर्थिक विकास र राजनीतिक परिवर्तनमा ठूलो धक्का बेहोर्नु पर्ने बताइन् ।

नेपाली काँग्रेसमा सभापतिले केन्द्रिय कमिटिमा छलफल नगरी हरेक बिषयमा अगाडि बढ्दा त्यसले नेपाली काँग्रेसलाई नै क्षति पुग्ने भएकाले केन्द्रिय कमिटीसँगको परामर्शमा गर्दै अगाडि बढ्नु र अपुर्ण रहेको कमिटिलाई तत्काल पुरा गर्नु पर्ने उनले बताएन् ।

चीनका राष्ट्रपतिको नेपाल भ्रमण रोकिए नेपालको बिश्वमै नकारात्मक छवी पर्ने भन्दै उनले भनिन् चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भए नेपालले ठूलो परिवर्तनको बाटो समात्ने नेतृ कोइरालाले बताइन् ।

नेपाल र भारतसँगका मैत्रिपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै चीनियाँ राष्ट्रपतिको भ्रमणलाई निश्चित गर्न जसको सरकार बनेता पनि अग्रसता देखाएर परिवर्तनको ढोका खोल्न सक्नु पर्नेमा उनले जोड दिइन् ।

मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न दुई तिहाई आवश्यक रहेकाले समेत सहमतिय सरकार नबने असम्भब रहने भन्दै उनले जायज मागको सम्बोधन गर्न सकिने भएता पनि संविधान पुनर्लेखन असम्भव रहेको उनको भनाई छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.