काठमाण्डु, ३१ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले ठूलो जोखिम उठाएर केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न अग्रसर भएको बताएका छन् ।
उनकै निवास लाजिम्पाटमा शुक्रबार बसेको हेडक्वाटर बैठकमा प्रचण्डले नेतृत्वले खास समयमा जोखिमपूर्ण निर्णय गर्नुपर्ने बताए ।
ओली सरकारबाट बाहिरिएर कांग्रेस समीकरणमा आफ्नै नेतृत्वमा सरकार बनाउन माओवादीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
बैठकमा सहभागी उक नेताले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार प्रचण्डले यस निर्णयले आफू कहिल्यै उठ्न नसक्नेगरी पछारिने सम्भावना भएको औल्याएका थिए ।
‘मलाई थाहा छ मैले ठूलै रिस्क लिएको छु’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले टुडेसँग भने, ‘यही निर्णयले म कहिल्यै उठ्न नसक्नेगरी पछारिने खतरा छ ।’ यद्यपी संघीयता कार्यान्वयनको वातावरण निर्माण र मधेसी समस्या समाधान गर्नसके सरकार गिराउनुको औचित्य सिद्ध हुन उनले बताए ।
प्रधानमन्त्री ओली संविधान कार्यान्वयनमा गम्भीर नभएको, मधेस समस्यालाई हल्काफुल्का रुपमा लिएको, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्र्न उदाशीन देखिएको, भूकम्पपीडितका समस्या समाधानका लागि अग्रसर नरहेको आरोप प्रचण्डले लगाए ।kathmandu today


0 comments
प्रतिक्रिया दिनुहोस्...