-->
ओली सरकारलाई काम गर्न दिए बेरोजगारीको पूर्ण रुपमा अन्त्य हुने दाबी


गोपिनाथ योगीको तत्काल पुनर्बहालीको माग

धरान, १८ असार । युवा संघ नेपाल केन्द्रिय कार्यालय बिभाग सदस्य सन्जीव रोकाहाले नेपाली कांग्रेसको पुरातनबादी सोचको मखुण्डो ओडेर ब्यापारि रामेश्वर शाहद्वारा सन्चालित केटिएम सेक्युरिटी प्रालिले निस्कासन गरेका धरान बिपिकेएचमा कार्यरत गोपिनाथ योगीको तत्काल पुनर्बहालीको माग गरेका छन् ।
नेकपा एमाले धरान नगर कमिटी र बिभिन्न जनसंगठनद्वारा आयोजित गोपिनाथ योगी पुनर्बहाली अभियानमा युवासंघ नेपालको तर्फबाट धारणा राख्दै उनले नेकपा एमालेको इमान्दार कार्यकर्ता भएको कारण आस्थाको आधारमा मजदुरको रोजीरोटी खोस्ने काम निन्दनीय भएको बताए । गोपिनाथ योगीलाई एमालेको भातृ संगठन जिफन्टको संगठन बिस्तार गरेको नाममा निस्कासन गरिएको थियो ।
त्यस्तै उनले नेपाल प्रहरीका केही अफिसरले गपिनाथ योगीलाई पक्राउ गरी अनावश्यक मानसिक तनाब दिएकोमा बिधीको शासन भएको मुलुकमा हरेक युवासंघ कार्यकर्ता बिना बर्दीका प्रहरी रहेको ख्याल गर्न चेतावनी दिए ।
गलत कार्यको युवा संघले जहिल्यै बिरोध गर्ने बताउदै बर्तमान अध्यक्ष राजिव पहारीको नेतृत्वमा देशैभरी भ्रष्टाचारको बिरोध गर्दै सुशासनको पक्षमा अभियान चलिरहेको समेत बताए ।
त्यस्तै सरकारले ल्याएको जनमुखी बजेटले यो मुलुकलाई नयाँ गोरेटोमा डोर्याएको तथा यो सरकारलाई पूर्ण रुपमा काम गर्न दिए अब बेरोजगारीको पूर्ण रुपमा अन्त्य हुने दाबी समेत गरे ।
कार्यक्रममा एमाले धरान नगर सचिव जिफन्ट जिल्ला अध्यक्ष अनेमासंघ युवासंघ जिल्ला अध्यक्षले समेत धारणा राखेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.