‘हामीलाई भाग्यले साथ दिएन’
फ्रान्सका स्टार एन्टोनियो ग्रिजम्यानले युरो कपको फाइनल खेलमा भाग्यले साथ नदिएको बताएका छन् ।
पोर्चुगलसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएपछि उनले दुख व्यक्त गर्दै फ्रान्स अभागि भएको बताएका हुन् । अतिरिक्त समयमा पोर्चुगलका स्टाइकर इडरले सानदार गोल गर्दै पोर्चुगललाई युरो कपको उपाधि जिताउन सफल भएका थिए ।
ग्रिजम्यानले भने युरो कप २०१६ को सर्वाधिक गोलकर्ता हुदै गोल्डेन बुट जितेका छन् ।
ग्रिजम्यान भन्छन्,‘हामीले खेलमा धेरै अवसरहरु निकालेका थियौ तर गोल गर्न भने सकेनौ ।’
उनले थप्दै भने,‘उनीहरुले खेलमा धेरै अवसर भने निकाल्न सकेनन् । तर हाम्रो प्रहार च्याम्पियन गोलरक्षक रुइ प्याट्रिसियोले बचाए ।’
उनीहरुले खेल सकिन १० मिनेट बाँकी रहँदा गोल गरे जुन हाम्रा लागि अत्यन्त पिडादायी भएको ग्रिजम्यानले बताए ।
उनले भनेका छन्,‘यो पिडाबाट हामी निस्केर वल्र्डकपका लागि तयार गर्नुपर्छ । यो हाम्रो रात थिएन ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...