काठमाडौं, ६ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्तालमा भ्रष्टाचारले सिमा नै नाघ्न थालेपछि कर्मचारीहरुले भित्रभित्रै विरोध शुरु गरेका छन् । २०७१ सालमा नियम विपरित नियुक्ति भएका प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ, डिन योहनचन्द्र शिवाकोटी र सेवा आयोग सचिव लक्ष्मण अर्यालले प्रतिष्ठानलाई आफ्ना नातागोता भर्तीकेन्द्र र भ्रष्टाचारको अखडा नै बनाएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान अयोग र राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी भर्ना गराउँदा सेवा आयोग मार्फत मात्र गराउन निर्देशन दिएपति उपकुलपति, डिन र सेवा अयोग सचिवको मिलेमतोमा सेवा आयोग त परै जाओस्, आफू निकटकालाई मात्र प्रवेश गराएका छन् । उपकुलपति गुरुङ यस्ता व्यक्ति हुन्, जसले २०६२र०६३ को जनआन्दोलनका बेला विराटनगरमा रहँदा आन्दोलनकारीका विरुद्धमा पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो सहित जयजयकार गर्दै हिंडेका थिए । मण्डले छवी भएका गुरुङ वीर अस्पताल सरुवा भएपछि वीरमा आउने विरामीलाई आफू काम गर्ने जनमैत्री अस्पताल बालाजु र लाईफ केयर अस्पताल सुन्धारामा रिफर गरी चर्को रकम कमिसन लिने गरेको वीरका एक कर्मचारी बताउँछन् । प्रतिष्ठानको नियम अनुसार उपकुलपति बन्नका लागि प्राध्यापक हुनुपर्ने व्यवस्था छ । तर, आफू सह–प्राध्यापक भएर पनि उपकुलपति बन्न गुरुङले आफ्ना विद्यार्थीहरुलाई आन्दोलन गर्न लगाई पद हत्याएका थिए । उपकुलपति भएपछि पनि गुरुङले अनियमितता गरी हालसम्म १० करोडभन्दा माथि कमाइसकेको उजुरी अख्तियारमा परेको छ । २०७१ मा उपकुलपति भएपछि गुरुङले गुनासो गर्न आउने कर्मचारीको गुनासो नसुन्ने, एकलौटी ढंगले काम गर्दै आएका छन् । २०७२ को महाभूकम्पको समयमा आफू निकट गौतम मेडिकल डिस्ट्युविटर क्षेत्रपाटीसँग बजार मूल्य भन्दा दोब्बर मूल्यमा औषधी खरिद गरी गुरुङले करोडौं कमिशन लिएका थिए । उक्त खरिदमा उपकुलपति गुरुङ, डिन शिवाकोटी हाल बलात्कारि छुटाउनका लागि अस्पताको किर्ते कागजात तयार गरेर अदालतबाट धरौटीमा छुटेका सेवा आयोग सचिव अर्याल, अर्थोपेडिकका अहेव विष्णु फुयाल, तत्कालित स्वास्थ्य मन्त्री खगराज अधिकारीका पिए हिमालय तिवारी, अहेव अग्निधर बस्याललगायतको मिलेमतोमा पाँच करोडभन्दा बढी अनियमितता भएको तथ्य उक्त समयको खरिद आदेश र वीर अस्पतालमा पेश भएका विल हेर्दा प्रष्ट हुन्छ । उक्त समूहले वीर अस्पतालमा अख्तियारको निर्देशन विपरित आफू निकट कर्मचारीका छोरा, छारी, बुहारी र श्रीमतीलाई शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका पदमा नियम विपरित नियुक्ति दिएर काममा लगाइरहेका छन् । अर्यालले छोरा रोजनलाई प्रतिष्ठानको परिक्षा शाखामा अधिकृत तहमा नियुक्ति दिई काममा लगाइ रहेका छन् । २०७२ असोजमा भएको वीर अस्पताल सेवा आयोगले स्टाफ नर्स, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्टको परिक्षामा परिक्षार्थीसँग प्रतिव्यक्ति रु पाँच लाख लिई लिखित परिक्षाको उत्तर पुस्तिका नै परिवर्तन गरी आफू निकटकालाई पास गराई करार नियुक्ति दिएका छन् । नियुक्ति पाएका कर्मचारीहरुको अस्पतालमा भएका काम हेर्दा सन्तोषजनक नभएको, उनीहरुको स्वस्थ्य सेवा विरामीलाई ठिक बनाउने भन्दा पनि रोगीको झन रोग बल्झने किसीमको भएकाले नियुक्ति दिने र नियुक्ति पाउनेहरुमाथि सम्बन्धिन निकायले हालसम्म कारबाही गर्न सकेको छैन । २०७२ सालमा भएको नर्सिङ प्रवेश परिक्षामा पनि गुरुङ र शिबाकोटीले सम्बन्धित परिक्षार्थीको ठाउँमा एव वर्ष अगाडि प्रवेश परिक्षा पास गरी टिचिङ अस्पतालमा स्टाफ नर्स प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिक्षा दिन लगाई ति विद्यार्थीलाई पास गराई लाखौं कमिशन लिएका थिए । त्यसैगरी २०७१र०७२ को एमडी, एमएस परिक्षामा पनि गुरुङ र शिवाकोटीले प्रति विद्यार्थी ५० लाख लिई विद्यार्थीहरु भर्ना गरेका थिए । यस विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ भन्दै उजुरी परेको छ । गुरुङ लगायत भ्रष्टाचार गर्ने अभियानका अभियान्ताहरुले २०७१र०७२ र २०७२र०७३ को सम्पूर्ण खरिद टेण्डर, एमडी एमएस, नर्सिङ प्रवेश परिक्षा, सेवा आयोगको करार तथा स्थायी नियुक्ति, सिटी स्क्यान मेसिन जडान, एमआरआई जडान, भिआईपी कक्ष निर्माण, भूकम्पको समयमा औषधी र औषधीजन्य सामानको खरिद, अस्पताल मर्मतलगायतका विषयमा १० करोड भन्दा माथि अनियमितता गरेको उजुरीमा उल्लेख छ । अझै पनि सम्बन्धि निकायको ध्यान नजाने हो भने उनीहरुले गरिव र निमुखा जनताका लागि भनेर निर्माण गरिएको वीर अस्पताललाई आफन्तको भर्तिकेन्द्र र भ्रष्टाचारको अखडा बनाउने निश्चित रहेको वीरका कर्मचारी बताउँछन् ।
वीर अस्पतालमा १० करोड भ्रष्टाचार
Light Nepal
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...