-->
रनवीर विवाहका लागि तयार, केटी खोज्दै आमाबुबा

बलिउड अभिनेता रनवीर कपूरले विवाहका लागि केटी खोज्न आफ्ना आमाबुबालाई जिम्मा दिएको बताएका छन् । केही समय अघि कटरीना कैफसँग ब्रेकअप गरेका रनवीर हाल राम्रो समय चलिरहेको छैन ।

 

बलिउडमा पनि उनले खेलेका फिल्महरुले खासै राम्रो सफलता पाउन सकिरहेका छैनन् ।

 


उनले अब विवाहका लागि उमेर भएको र केटी खोज्नका लागि आमाबुबालाई भनेको बताएका छन् । हिन्दी पत्रिका ‘हिन्दस्तान टाइम्स’ ले दिएको जानकारी अनुसार रनवीर अब विवाह गरेर सेटल भएको हेर्न चाहान्छन् ।

 

यसअघि रनवीरलाई लाइफ पार्टनर छान्न अनुमति दिएको तर त्यसको कुनै गतिलो नतिजा नआएपछि आमा नितु तथा पिता ऋषि कपुर केटी खोज्न तयारीमा रहेको बताइएको छ ।

 


रनवीरकी हुनेवाला दुलही बलिउड क्षेत्रसँग सम्बन्ध नराख्ने हुने बताइएको छ । रनवीर सूरुमा दीपिका पादुकोण त्यसपछि कैटरीना कैफसँग लव अफयेरमा रहेका थिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.