-->
५४ भारतीयलाई अमेरिकाबाट देश निकाला, यो महिना पनि धेरै भारतीयलाई फिर्ता पठाइँदै ।

काठमाडौं, २ साउन । संयुक्त राज्य अमेरिकाले ५४ जना भारतीयलाई देशनिकाला गरेको छ । अमेरिकाका सहायक विदेशमन्त्री माइकल थरेन बण्डले गएको अप्रिल महिनामा ५४ जना भारतीयलाई देश निकाला गरेको बताएका छन् । यो समाचार भारतीय पत्रिका नवभारत टाइम्सले पनि प्रकाशित गरेको छ ।



अमेरिका सहायक विदेशमन्त्री बण्डले यो महिनापनि धेरै भारतीयलाई देशनिकाला गर्ने तयारी भइरहेको बताए । उनले भनेका छन्( ‘अमेरिकाको कानूनविरुद्ध र अपराधमा संलग्न विदेशीलाई देश निकाला गरी स्वदेश फिर्ता पठाएका छौं । यसमा गत महिना ५४ भारतीय परेका छन् । यो महिनामा पनि धेरै भारतीय छन् ।’ 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.