-->
अवैधरूपमा भारतको गाँऊ ठाँउमा नेपालबाट गिट्टी र बालुवा निकासी ।

गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाभन्दा एक किलोमिटर पश्चिममा रहेको मरहा खोलाबाट अवैधरुपमा दैनिक १०० टेलर गिट्टी, बालुवा उत्खनन गरी भारत निकासी गर्ने गरिएको छ । स्थानीय बासिन्दाका अनुसार मरहा खोलाबाट अहिले दैनिक १०० बढी टेलर गिट्टी बालुवा उत्खनन गरी भारतको विभिन्न गाउँ ठाउँमा निकासी हुने गरेको छ ।

 

खोलाको दुवैपट्टि डिलमा गाउँ बस्ती रहे पनि सो खोलाको बीचमै डोजर र स्काइभेटर लगाएर ठूलठूला खाल्डाखुल्डी बनाइएको छ भने दैनिकरुपमा खोलामा तीव्ररुपमा उत्खनन भइरहेको स्थानीय नन्दन साहले बताउनुभयो । सो खोलामा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दर्जनौँ ट्र्याक्टर लामबद्ध रहेका हुन्छन् भने राति अबेरसम्म बालुवा, गिट्टी ढुवानी भइरहेको स्थानीय बताउँछन् ।

खोलामा उत्खनन गरिरहेका डोजर, स्काइभेटर र ट्र्याक्टरवालासँग खोला उत्खनन किन गरिरहेको र प्रहरी प्रशासनले केही भन्दैन भनी सोध्दा उनीहरुले पुलिस प्रशासन दैनिक यहाँ आउँछन् हेरेर जान्छन् तर हामीलाई केही भन्दैन भनी जवाफ फर्काएका छन् ।

यता यसबारे इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलसँग जिज्ञासा राख्दा हामीलाई खोला उत्खननबारे केही थाहा नभएको तथा यस्तो काम भइरहेको पाइएमा हामी तुरुन्त रोक्ने जवाफ दिनु हुन्छ । त्यस्तै इलाका प्रशासन कार्यालय गौशालाले पनि आफूलाई मरहा खोलामा भइरहेको गिट्टी, बालुवा उत्खननबारे केही थाहा नभएको बताउँछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.