-->
फ्रुटीको गोदाममा शिलबन्दी

श्रावण ४, २०७३- आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले सतुङ्गलस्थित दुगड फ्रुड एण्ड वेभरेज प्रालिको गोदाममा सिलबन्दी गरेको छ । विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, जिल्ला प्रशासन कार्यलय र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले खान नहुने २ लाख प्याकेट फ्रुटी मौज्दात भएको फेला पारेपछि सिल लगाएको हो ।

'भेटिएका फ्रुटीका प्याकेट फुलेको, फुटेको जस्तो देखियो,' अनुगमन टोलीका संयोजक तथा विभागका शाखा अधिकृत रामचन्द्र काफ्ले भने, 'अखाद्य जस्तो देखिएपछि अनुसन्धानका लागि कारखानाको गोदाममा शिलबन्दी गरेका छौ ।' फ्रुटीको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइसकेको छ । उत्पादकलाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
कम्पनीले भर्खरै नयाँ प्लान्ट जडान गरि उत्पादन गर्दा यस्तो फ्रुटी उत्पादन भएको र बजारमा पुगेका फ्रुटी उठाएर नष्ट गर्न लगाएको कम्पनीको दावी छ ।

प्याकिङ गर्दा नयाँ मेसिनको त्रृटीले हावा लिक भइ फ्रुटी फुलेको हो । विभिन्न डिलरबाट फ्रुटी मगाई नष्ट गरिएको कम्पनीका कामदारले टोली समक्ष भनेको  काफ्लेले भने ।

अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सेनाले फ्रुटी उत्पादन गर्ने प्लान्टमा समेत फ्रुटीका लेदो र फलाम खिया लागेको भेटिएको बताए । 'प्लान्ट जडानगरी उत्पादन भएको डेढ महिनासम्म पनि उद्योगले फ्रुटी अखाद्य छ भनेर कुनै पनि जानकारी गराएनन,' उनले भने, 'उत्पादनहरु बजारमा भएकाले उपभोक्तालाई ठुलो असर परेको देखिन्छ ।'


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.