चीनको सहयोगमा अझै ३ महिना केपी ओली कुर्सीमै रहने, देउवा–प्रचण्डको निद हराम !
काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी ओली विरुद्ध कांग्रेस–माओवादी मिलेर अविश्वासको प्रस्ताव दर्ता गराए पनि अझै ३ महिना केपी ओली कुर्सीमै रहने भएका छन् । यसमा चीनको साथ रहेको बताइन्छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणसम्म यही सरकार रहिरहोस् भन्ने चिनियाँ पक्षको इच्छा रहेको बताइएको छ । यसैमा अहिले चीनको गृहकार्य भइरहेको स्रोतको दावी छ ।
माओवादीले सरकारको समर्थन फिर्ता गरेर कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि चिनियाँ पक्ष यति बेला काठमाडौंमा विभिन्न पार्टीका नेताहरुसँग छलफलमा रहेको छ । उनीहरुले हालको गठबन्धन नभत्किन दिन लबिङ गरिरहेको छ ।
इन्डियन एक्सप्रेस पत्रिकाले लेखेको छ, ‘एउटा चिनियाँ डेलिगेसन काठमाडौंको याक एण्ड यति होटलमा बसेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत बनाउन खुलेर लागेको छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङको हुने भनिएको नेपाल भ्रमणसम्म चीन यही सरकारको निरन्तरता चाहन्छ ।’ यही वर्षको असोज ३० गते चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने समाचार आएको थियो । हङकङको पत्रिकाले नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै सम्मेलन सकिएको दिन असोज ३०० गते नेपाल आउने जनाएको थियो ।
यही विषयमा चिनियाँ पक्षले माओवादी अध्यक्ष प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर कुराकानी गरेको बताइएको छ । यस्तै, पूर्व राजासँग पनि चीनले छलफल गरेको इन्डियन एक्सप्रेसमा उल्लेख छ । प्रधानमन्त्री ओलीले बाहिरिसकेको माओवादीको नेतृत्वमा सरकार गठन गर्न आफूले समर्थन गर्ने प्रस्ताव फेरि पठाएको विषयलाई पनि चिनियाँ पक्षको सक्रियताको परिणामको रुपमा विश्लेषण गरिएको छ । सरकार परिवर्तनको खेलसँगै दुई छिमेकी राष्ट्र चीन र भारतको नेपालमा चासो बढेको बताइन्छ । प्रधानमन्त्री केपी ओलीले खुलेरै आफ्नो सरकार गिराउन भारत लागेको आरोप लगाएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...