सरकारी जुलुसमा केटीकेटीले नारा लगाए, युवा नाचे
काठमाडौं । संसारमा विरलै सत्तापक्षको जुलुस निस्कन्छ । तर राजधानी काठमाडौंमा शुक्रबारबाट सरकारी जुलुसमा युवाहरु मात्रै होइन बच्चा बच्चीहरु पनि सहभागी भइरहेका छन् ।
शनिबार अपरान्ह राजधानीको रत्नपार्कमा सरकारको समर्थनमा आयोजित प्रर्दशनमा थुप्रै बालबालिका सहभागी थिए । आफ्ना अभिभावकसँग आएका बालबालिकाहरुलाई उनका अभिभावकले प्लेकार्ड थमाए अनि बालबालिकाहरु चर्को स्वरमा चिच्चाए, केपी सरकार जिन्दावाद !
अनि चर्को स्पिकर बजाएर रत्नपार्क नै थर्कने गरि राष्ट्रवादी गीत बजाएर युवा जमात फनफनी घुमेर घेरै बेर नाचे ।
स्वतस्फूर्त रुपमा सामाजिक सञ्जाल मार्फत भेला भएका समर्थकहरुले साउण्ड सिस्टमसँगै दर्जनौं व्यानर र सयौं प्लेकार्ड बोकेका थिए । प्लेकार्डका प्रधानमन्त्री केपी ओलीको संगीन तस्विर छापिएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...