साउन १ – पूर्व मुख्य सचिव लिलामणि पौडेलले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने सरकारको निर्णयको आलोचना गर्नुभएको छ ।
गएको शुक्रबार मन्त्रीपरिषद बैठकले प्रतिष्ठानलाई सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न भन्दै १ करोड रुपैयाँ दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयको सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।
पूर्व मुख्यसचिव पौडेलले पनि शनिबार ट्वीट मार्फत भन्नुभएको छ, ‘सरकार ढुकुटीको रक्षक मात्र हो, मालिक जसरी पैसा नबाँड ।’
उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार संघीय गठबन्धनको रिले अनसनस्थल खुलामञ्च जानुभएको तर स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसन बसिरहनुभएका डा. गोविन्द केसीको अनसनमा नजानुभएको बारे पनि लेख्नुभएको छ । उहाँले प्रचण्डलाई डा. केसीको अनसनमा पनि गएर समस्या समाधानको लागि पहल गर्न आग्रह गर्नुभएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...