-->
सुदूरपश्चिममा भयान बर्षा हुने, सचेत रहन अपील

धनगढी । सुदूरपश्चिममा यो बर्ष बढी बर्षा हुने भएको छ । जल तथा मौषम बिज्ञान विभागको यस बर्षको मनसुनको सरदर वर्षाको आंकलन गरेपनि सुदूरपश्चिममा भयानक बर्षा हुनेछ । मध्य र सुदूरपश्चिममा भने सरदर भन्दा बढी बर्षा हुने अनुमान गरिएको महाशाखामा मौषमबिदले बताएका छन् ।
बर्षासँगै पाहाडी जिल्लामा पहिरो र कैलाली कञ्चनपुरमा बाढीको समस्या देखिनेछ । महाशाखाका अनुसार नेपालमा यस वर्षको मनसुनी वर्षा समग्रमा सरदर रहने भएपनि क्षेत्रगतरुपमा हेर्दा मध्य तथा शुदूरपश्चिमका तराईका केहि भुभागहरु तथा शुदरपश्चिमका केहि पहाडी भुभागहरुमा मात्रै पनि सरदर भन्दा बढि बर्षा हुनेछ ।
मध्य र सुदूरपश्चिमका नागरिकले बर्षापछि आउन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन सचेत भने रहनु पर्ने मौषम बिद कँडेलको भनाई छ । नेपालका वाँकि भुभागहरुमा भने सरदर वर्षा हुने जनाईएको छ ।
लामो समय अगाडि पूर्व अनुमान गर्ने प्रबिधि हाल सम्म बिकास भैनसकेको हुँदा अतिवृष्टि वा अनाबृष्टि हुने संभावनाबारे अहिले नै भन्न नसकिने मौषम बिद शान्ति कँडेलले बताउनु भयो ।साधरणतया जुन देखि सेप्टेम्वरको चार महिना सम्मको समय दक्षिण एशियाली मानसुनको अवधि हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.