-->
स्वास्थ्यचौकीका लागि जग्गा दान


खोटाङ । उत्तरी गाविस जलेश्वरीका तीन समाजसेवीले स्वास्थ्यचौकी भवन निर्माणका लागि निःशुल्क जग्गा दान गरेका छन् ।

 

जलेश्वरी– १ का डिल्लीराम राई र ललितकुमार राउतले दुई दुई तथा मणिराज राईले एक रोपनी जग्गा स्वास्थ्य चौकीलाई दिएका हुन् ।

 

उपस्वास्थ्यचौकीबाट स्तरोन्नति भएर भर्खरै स्वास्थ्यचौकी भएको जलेश्वरी स्वास्थ्यचौकीलाई तीन समाजसेवीले पाँच लाखभन्दा बढी मूल्यको जग्गा दान गरेको गाविस सचिव रमेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार उनीहरुले शुक्रबार जिल्ला मालोत कार्यालय आएर आफ्नो नाममा रहेको जग्गा स्वास्थ्यचौकीको नाममा रजिस्टे«सन पास गरिदिएका हुन् ।

 

तीन समाजसेवीले उपलब्ध गराएको जग्गामा आगामी आवभित्र भवन निर्माण गरिने स्वास्थ्यचौकी स्रोतले जनाएको छ । जलेश्वरी स्वास्थ्यचौकी अहिले पुरानै भवनमा सञ्चालन भइरहेको छ । रासस




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.