-->
देउवा र प्रचण्डको आग्रहमा ‘गुगल ब्वाई’ लाई एक करोड–प्रधानमन्त्री ओली

काठमाडौं, साउन २ – प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहाल ‘गुगल ब्वाई’ लाई कांग्रेस र माओवादीकै आग्रहमा एक करोड दिने निर्णय भएको बताउनुभएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा उहाँले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा मन्त्रिपरिषदले एक करोड रुपैयाँ दिने निर्णय गरेको दाबी गर्नुभएको हो ।

‘भर्खरै शेरबहादुरजीसँग मेरो भेटघाट भो । उहाँले मलाई आदित्य दाहाललाई रकम सहयोग गरेकोमा धन्यवाद पनि भन्नुभयो’ ओलीले प्रष्ट पार्नुभयो । 
आदित्य दाहाल अदभुद प्रतिभाको बालक भएकाले उनलाई सुरक्षा लगायतका हिसाबबाट पनि गाडी चाहियो भनिएकाले त्यसको लागि प्रतिष्ठानलाई सहयोग दिएको पनि उहाँले बताउनुभयो । पहिलेको सरकारले उपचार सहयोगको लागि दिएको एककरोड रुपैयाँमध्ये केही मात्र खर्च गरेर अरु फिर्ता गरेको र त्यसमा केही रकम थप मात्रै गरिएको प्रधानमन्त्रीको भनाई छ ।

विद्यालय नगएका र अक्षरसमेत नचिनेका आदित्य एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि चर्चामा छन् । कांग्रेस, एमाले, माओवादी लगायतका शीर्ष नेताहरु समेत उनीबाट प्रभावित छन् ।
केही दिनअघि बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली, प्रचण्ड, देउवा लगायतका नेताहरुले आदित्यसँग भेट गरेका थिए । त्यो भेटमा भएको तस्बीर पनि सार्वजनिक भएको छ । 

यसलाई पुष्टी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाली जनताका अगाडि हामी सबै भएर गुगल ब्वाइलाई पालैपालो हामीले काखमा लिएर फोटो खिच्दै, अथवा एकजनाले लिएका ठाउँमा खिचेको फोटोहरुदेखि लिएर ‘यो सम्मान होइन भनेर नबिर्सिनुहोला । यो एउटा औचित्यपूर्ण कुरा हो ।’

गएको शुक्रबार मन्त्रिपरिषद बैठकले आदित्य दाहालको संरक्षणमा खुलेको प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्न उक्त रकम दिने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभएको थियो ।  

सरकारको यो निर्णयको चौतर्फी बिरोध भएको छ । तर कांग्रेस र माओवादीका शीर्ष नेताहरुकै सल्लाहमा सरकारले यो निर्णय गरेको प्रधानमन्त्रीले बताउनुभएको छ ।ujyalo 90network 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.