-->
भारतिय पक्षले गर्यो यस्तो दावीःनेपाललाई हामीले होइन, चीनले गर्छ हस्तक्षेप

काठमाडौं । भारतले नेपालमा आफूले नभई उत्तरी छिमेकी मुलुक चीनले हस्तक्षेप गरेको आरोप लगाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हस्तक्षेपविरुद्ध लड्ने बताएको भोलिपल्टै भारतको यस्तो प्रतिक्रिया आएको हो ।

भारतीय पत्रिका दि हिन्दुले भारत सरकारको उच्च स्रोतको हवाला दिँदै भनेको छ, ओली सरकारलाई बचाउन भारतीय होइन, चिनियाँ अधिकारीहरुले नेपालमा सबै पार्टीलाई भेटिरहेका छन् । जस (ओली)ले संसदमा अविश्वासको प्रस्ताव सामना गर्नुपरेको छ ।’

ओली सरकार ढाल्न भारतले कुनै भूमिका नखेलेको ती अधिकारीले दाबी गरेको समाचारमा उल्लेख छ । उनले काम गर्न नसकेको र सत्ता साझेदार दलले नै समर्थन फिर्ता दिएको भन्दै भारतीय अधिकारीले भनेका छन्, तर, संसदमा बहुमत गुमाए पनि उनले सत्तामा बसिरहन चाहेका छन् । र, त्यहाँ (नेपालमा) चिनियाँ हस्तक्षेप भएको छ र उनीहरुले संसदमा बहुमत पुर्याउने कोशिश गरिरहेका छन् ।’

नौ महिना अघि माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । तर, अहिले माओवादीले नै समर्थन फिर्ता लिएर सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।प्रधानमन्त्री ओलीले सरकार परिर्वतनको खेल स्वचालित नभई ब्याट्रीबाट चलेको भन्दै भारतीय खेलको संकेत गरेका छन् ।

तर, भारत सरकारका उच्च अधिकारी भन्छन्-ओली सरकारले राष्ट्रवादको नारा दिइरहेका छन् । तर, राष्ट्रवाद भनेको पहाडका मानिस मात्र होइन, मधेसीका दुई तिहाइ मात्र होइन, ती तीन चौथाई माग नै पूरा गर्न सकिन्थ्यो । ओलीले यसबारे काम गर्न पनि चाहेका थिए । तर, चीनले हस्तक्षेप गर्यो ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.