-->
नवयुग र सन्दीप ‘पिपुल च्वाइस अवार्ड’ को मनोनयनमा

काठमाडौँ,असार । फुटबल खेलाडी नवयुग श्रेष्ठ र युवा क्रिकेटर सन्दीप लामिछाने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपुल च्वाइस अवार्ड’ को मनोनयनमा परेका छन् । 

 

‘पिपुल च्वाइस अवार्ड’को मनोनयन आज सार्वजनिक गरिएको हो । यसअघि यो अवार्डको नाम ‘पपुलर अवार्ड’ थियो । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड आगामी साउन ६ गते वितरण हुँदैछ ।

 

पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलर नवयुग, क्रिकेटर सन्दीपका अलावा भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ र भलिबलकी प्रतिभा माली परेकी छन् ।


गत वर्ष नेपालले बङ्गलादेशमा बङ्गबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद ९साग० फुटबलमा स्वर्ण पदक जित्दा नवयुग नेपाली टोलीका प्रमुख खेलाडी थिए । उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।

 

त्यस्तै क्रिकेटर सन्दीपले उन्नाइस वर्षमुनि ( यु–१९) को विश्वकपमा राम्रो प्रदर्शन गरेका थिए । केही महिनाअघि घरमै भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध सिनियर टोलीमा ‘डेब्यु’ गरेका उनले राम्रो प्रदर्शन गरेका थिए ।


विसं २०७२ मा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ । एसएमएस भोटिङका आधारमा साउन ६ गते नै विजेता छनोट हुनेछन् ।

Global Nepalipatro बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.