-->
ढाकामा आइएसको अर्को आक्रमण,२० विदेशी कब्जामा

photos :CNN

ढाका, असार । बंगलादेशको राजधानी ढाकामा चरपन्थी समूहले एक क्याफेमा हमला गरी केही विदेशी मानिसहरुलाई बन्धक बनाइ राखेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

 

ढाकाको गुलशन इलाकामा रहेको क्याफेमा लगभग २० विदेशीलाई चरमपन्थीको समूहले बन्धक बनाएर राखेको सञ्चार संस्थाहरुले जनाएका छन् । बन्धकमध्ये सात इटलीका नागरिक रहेका बीबीसीले जनाएको छ । अन्य भने कुन कुन देशका रहेका छन् भन्ने पुष्टि हुन बाँकी रहेको जनाइएको छ ।


ढाका प्रहरीका अनुसार भित्र फसेकालाई सकुशल उद्धार गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको जनाउँदै गोलाबारीमा दुई प्रहरीको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । 
उक्त हमलाको जिम्मेवारी भने चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । उसले विदेशी नागरिक आउने रेस्टुरेन्टमा निशाना बनाएको उल्लेख गरेको छ ।Nepali patro 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.