असार १९, २०७३- रेनाटो सान्चेजलाई पोर्चुगाली फुटबलका नयाँ स्टार मानिएको छ । तर यी किशोर खेलाडी अहिले नै विवाद र आलोचनाको सिकार हुन थालेका छन् । उनलाई पोर्चुगाली मिडियाले ‘स्वर्णिम केटो’ अथवा ‘पोर्चुगाली छोरा’ भन्न सुरु गरिसकेका छन् । पोल्यान्डविरुद्ध क्वाटरफाइनलमा प्राप्त जितमा उनले बराबरी गोल मात्र गरेनन्, टाइब्रेकरमा पनि बललाई आत्मविश्वासपूर्वक पोस्टको दिशा दिए ।
त्यसै प्रदर्शन मदतले अहिले पोर्चुगल युरो–२०१६ को अन्तिम चारमा पुगेको छ । त्यसै क्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा सबैभन्दा कम उमेरमा गोल गरेको कीर्तिमान पनि भंग गरे । पोर्चुगाली कप्तान रोनाल्डोले अहिले टिममा कम्तीमा चर्चाका लागि प्रतिस्पर्धा पाएका छन् । तर अहिले चलिरहेको विवाद उनको वास्तविक उमेरलाई लिएर नै हो ।
अहिले पोर्चुगलमै धेरैले प्रश्न गर्न थालेका छन्, के साँच्चै सान्चेज १८ वर्षका मात्र हुन् त ? उनको पूर्वक्लब बेन्फिकाले उनलाई भर्खरै मात्र बायर्न म्युनिकलाई ३ करोड ८० लाख डलरमा बेचेको थियो । तर क्लबले सान्चेजको प्रतिभाबाट फाइदा लिए पनि आफूले वचन गरेअनुसार बोनस रकम भने खेलाडीलाई उपलब्ध गराउन सकेको छैन । उनको जन्म सन् १९९७ को अगस्ट १८ मा लिस्बनको भित्री एमाडोरामा भएको थियो ।
पोर्चुगलका अधिकांश फुटबल पण्डितलाई उनको यही जन्म मितिमा शंका छ । त्यो भन्दा पनि ठूलो पोर्चुगाली फुटबलमा बेन्फिकाको खास शत्रु क्लब स्पोर्टिङ लिस्वनका निर्देशकहरूले समेत उनको उमेरमा शंका व्यक्त गरेका छन् । यस्तोमा विवाद सकिनुको सट्टा चर्किन थालेको छ । सान्चेज आपंैmले पनि लिस्वनका अध्यक्ष ब्रुनो डे कारभाल्होलाई कानुनी कारबाहीको धम्की दिइसकेका छन् ।
तिनै कारभाल्होले सान्चेज जन्मेको अस्पताललाई उनको सही उमेर भनेर विवाद सधैंका लागि समाप्त पार्न व्यंग गरेका थिए । टेलिभिजन पत्रकार कार्लोस सेभेरिनोले पनि सान्चेजको वजनदार र बलियो देखिने मांसपेशीलाई लिएर प्रश्न उठाएका छन् । उनको दाबी थियो, सायद सानोमा सान्चेजले धेरै शक्तिबद्र्धक औषधि खाएको हुनुपर्छ । अहिलेसम्म मिडियाले छानबिन गर्दै पत्ता लगाएको नयाँ तथ्य के हो भने उनको जन्म मितिको दर्ता सन् २००२ को अगस्टमा आएर मात्र भएको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...